नामिबियाले नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य दियो
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई जितका लागि दुईसय चार रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको हो ।
नामिबियाका लागि जन निकोल लफ्टी एटनले ४९ रन बनाए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा दुई छक्का र ६ चौका पनि प्रहार गरे । ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि टोलीको खातामा ३९ रन थपे । उनले ४८ बलमा पाँच चौका हिर्काए ।
जन फ्राइलिंकले ३४ रन जोडे । उनले ५७ बलमा चार चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान जेन ग्रिनले टोलीको खातामा २२ रन थपे । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।
रुबेन ट्रम्पलम्यानले अविजित २३ रन बनाए । नामिबियाले अतिरिक्त रुपमा पनि १३ रन पायो । नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले तीन विकेट लिए । आर्यन दत्त र रेलोफ भान डेर मर्वेले दुई–दुई विकेट हात पारे । सारिज अहमद र बास डे लिडले पनि एक–एक विकेट लिए ।
जारी प्रतियोगितामा नामिबियाको यो चौथो खेल हो । नामिबिया चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नेदरल्यान्ड्सले नामिबियालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द
-
शिक्षामन्त्री विद्या भट्टराईले ६ महिनामा के–के गरिन् ?
-
दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्
-
कास्कीबाट छुटेसँगै रवि लामिछाने थुनामुक्त हुन्छन् कि हुँदैनन् ? के हुन्छ अब ?
-
माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने