अव्यवहारिक कर हटाउन माग गर्दै चलचित्रकर्मीले बुझाए मन्त्री शर्मालाई ज्ञापनपत्र
शुक्रबार, ११ फागुन २०८०, १३ : १३

काठमाडौँ । अव्यवहारिक कर हटाउन माग गर्दै चलचित्रकर्मीको एक समूहले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई एक ज्ञापन पत्र बुझाएको छ । शुक्रवार चलचित्रकर्मीको एक टोली सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार पुगेर मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा चलचित्र विकास शुल्क, स्थानीय कर लगायत चलचित्रकर्मी माथि लगाइएको दोहोरो तथा अव्यवहारिक कर हटाउनुपर्ने मागसहित विभिन्न समस्याहरू बुँदा समेटिएको टोलीमा सहभागी चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । मन्त्री शर्मासँग चलचित्रकर्मीको विषयमा सकारात्मक छलफल भएको कायस्थले बताए ।
चलचित्रकर्मीको टोलीमा निर्देशक दीपाश्री निरौला, गोपालकाजी कायस्थ, चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, वीरेन्द्रनारायण श्रेष्ठ, भास्कर ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा