बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल
![बोनम्यारो ट्रान्सप्लान्ट युनिट बनाउँदै क्यान्सर अस्पताल](https://rpcdn.ratopati.com/archived-media/BP-koirala-cancer-hospital.jpg)
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि सर्भेको काम सकिएको छ । सर्भेको काम सकेर चीन सरकारलाई पहिलो कार्ययोजना पठाइएको भन्दै परियोजना अघि बढ्ने बताए । उनका अनुसार रु ११ करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो ।
चिनियाँ प्राविधिकसँग यस विषयमा छलफल भइरहेको डा पौडेलले बताए । “बोनम्यारोलाई चलनचल्तीको भाषामा यसलाई रगतमासी भनिन्छ । क्यान्सरका कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्नका लागि यो काम थालेका छौँ”, उनले भने ।
बोनम्यारो फेर्नका लागि नेपालबाट मासिक १०–१२ जना भारत जाने गरेका भन्दै डा पौडेलले युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने बताए । उनका अनुसार निर्माण सुरु भएको दुई वर्षभित्र सम्पन्न गरेर सेवा सञ्चालन गर्ने योजनाअनुसार अस्पतालले काम गरिरहेको छ ।
अस्पतालले जग्गा उपलब्ध गराउने जनाउँदै डा.पौडेलले चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा युनिट निर्माण गरिने बताए । भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमलगायत व्यवस्था चीन सरकारले उपलब्ध गराउने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
-
खेल मिलेमतो प्रकरणमा बंगलादेशी क्रिकेटरमाथि पाँच वर्षको प्रतिबन्ध
-
नेपालमै अध्ययन गरी देश निर्माणमा लागौँ : उपप्रधानमन्त्री सिंह
-
फेसबुकमा शंकर : सामाजिक सञ्जालमा खोजे असल मान्छे
-
हमासलाई नेतान्याहुको चेतावनी : शनिबारसम्म बन्धक रिहा नगरे पुन: युद्ध सुरु हुन्छ
-
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा