सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सांसद अमरेशको व्यङ्ग्य– ‘संविधान संशोधन गरेर गठबन्धनका नेतालाई कानुन नलाग्ने व्यवस्था गरौँ’

शुक्रबार, ११ फागुन २०८०, ११ : ४९
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ठुला दलका नेताहरूले देशको कानुन उल्लङ्घन गरिरहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गरे ।

उनले भने–‘नियम कानुन बनाउने तर ठुलालाई नलगाउने हो भने भनौँ कि संविधान संशोधन गरेर जो सत्तामा हुन्छन्,  सत्ता गठबन्धनका ठुला मान्छेलाई नियम कानुन लाग्दैन ।’ 

राज्यव्यवस्था तथा सुशासन समितिले पनि यो विषय नउठाएको सांसद सिंहले गुनासो गरे । उनले सामाजिक सुधार व्यवस्था ऐन २०३३ मा दुलहा दुलहीको भोजमा आफन्त सहित ५१ जना भन्दा बढी सहभागी बन्न नपाउने व्यवस्था रहेको तर प्रधानमन्त्री प्रचण्डको नातिनी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोराको बिहेमा आर्मी अफिसर्स क्लबमा भएको बिहे भोजमा हजारौँ सहभागी भएको बताए । उनले तराई क्षेत्रमा बिहे भोज गर्नुपर्दा जनताहरू ऋण लिएर मिटर ब्याजको पासोमा परेको बताउँदै ठुलाले नियम पालना नगर्दा समस्या भएको बताए । 

उनले मिटरब्याजी सरकारले नै संरक्षण गरेर बनाएको बताए । मिटरब्याजीले राजनीतिक दललाई पैसा दिने र उनीहरूबाट संरक्षण पाउने गरेको सांसद सिंहको भनाई छ । उनले २४ दिन हिँडेर काठमाडौँ आएका मिटर ब्याज पीडितको माग संवोधन गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप