विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा समिति सातै प्रदेशमा जाने

काठमाडौँ । विद्यालय शिक्षा विधेयक २०८० मा ‘ग्रासरूटमा’ छलफल गर्न संसद्को शिक्षा समिति सातै प्रदेशमा जाने भएको छ । अबको केही दिनभित्रमा सातै प्रदेशमा जाने र सरोकारवालासँग विधेयकका विषयमा छलफल गर्ने समितिको तयारी छ ।
समिति सभापति भानुभक्त जोशीले सातै प्रदेशमा गएर मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने कार्यक्रम बनिरहेको बताए ।
‘केही दिनमा सातै प्रदेशमा जाने तयारी छ । कांग्रेस महासचिव बैठक भर्खरै सकिएको छ । अब सचिवालयले त्यसको तयारी गरेपछि हामी सातै प्रदेशमा जान्छौँ । र त्यहाँबाट विधेयकमाथि उनीहरूका धारणा समेत लिन्छौँ’ सभापति जोशीले भने ।
यसअघि समितिले विभिन्न सरोकारवालासँग छलफल गरिसकेको छ । विभिन्न शिक्षक सङ्घ संस्थाहरू, संवैधानिक आयोगका अधिकारी, शिक्षाविद्हरू, विद्यार्थी संगठनहरू, गुठी लगायतका विशेष विद्यालय अन्तर्गतका निकायहरूसँग समितिले छलफल गरिसकेको हो । प्रदेशमा गएर सरोकारवालासँग छलफल गरेपछि समितिले दफावार छलफल अगाडि बढाउने सभापति जोशीले बताए ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा चौतर्फी आलोचना भएपछि संसदमा दफावार छलफलका लागि शिक्षा समितिमा पठाएको थियो । समितिले सरोकारवालासँग छलफल गरेर त्यसपछि मात्रै दफावार छलफलमा लान लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड
-
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?