त्रिवेणी धामबाट ‘पीताम्बर’को छायांकन सुरु
काठमाडौँ । कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पीताम्बर’को छायांकन सुरु भएको छ । शुक्रवार नवलपरासीको त्रिवेणी धाममा शुभ–मुहूर्त गर्दै निर्माण युनिटले फिल्मको छायांकन सुरु गरेको हो । फिल्मको पहिलो चरणको सुटिङ अहिले सुरु भएको निर्देशक चौलागाईले बताइन् ।
गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्क्रिप्ट पूजा भएको फिल्मको पहिलो चरणको छायांकन १५ दिनेको सेडुल रहेको छ । फिल्म नवलपरासीपछि बुटवल र नेपालगञ्जमा छायांकन हुनेछ ।
फिल्मको निर्माता पनि कृषा चौलागाई हुन् । फिल्मको पहिलो सेडुलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्टलगायत कलाकारको अभिनय रहनेछ । दोस्रो सेड्युलमा प्रदीप खड्का र सौगात मल्ल भित्रिनेछन् ।
केही अगाडि ‘ऐँचो पैँचो’बाट निर्देशनमा डेब्यु गरेकी कृषाको या निर्देशनमा दोस्रो फिलम हो । फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
फिल्ममा अभिनेता प्रदीप खड्का एक्सन भूमिकामा देखिने बताइएको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?
-
आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ