मेयरले योजना काट्न पत्र पठाएपछि विवाद, निर्णय सच्याउन कांग्रेसको ध्यानाकर्षण

पोखरा । पोखराका मेयर धनराज आचार्यको निर्णय भन्दै बिहीबार एउटा पत्र वडा र सबै महाशाखामा पठाइयो । पत्रमा विभिन्न ६ वटा बुँदा उल्लेख गरेर खर्च घटाउन भनिएको छ । महानगरपालिकाको आन्तरिक आम्दानी र संघबाट आउने वित्तीय समानिकरणको रकम कम हुने भन्दै महानगरले अहिलेसम्म सम्झौता नभएका योजना कार्यान्वयन नगर्न भनेको छ ।
महानगरले पत्र पठाएपछि कांग्रेस संसदीय दलले विरोध जनाएको छ । उक्त निर्णय सच्याउन कांग्रेसको माग छ । दलका नेता दिवसमान प्रधानाङ्गले सबै योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा पुगेका कारण पत्रका सबै बुँदा सच्याउन सुझाएका छन् ।
‘महानगरपालिकाद्वारा प्रेषित पत्रमा उल्लेखित ६ बुँदाका विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । पोखरा महानगरपालिकाको रातो किताबमा समावेश भएका सबै योजना तथा कार्यक्रमहरू कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ,’ उनले पठाएको पत्रमा भनिएको छ, ‘महानगर र वडास्तरीय योजनाहरू रकमान्तर गर्नका लागि कार्यपालिका बैठकद्वारा अनुमोदित भई नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो । रकमान्तरपछि बजेट व्यवस्था गरिएको सबै योजना तथा कार्यक्रमलाई असर पर्छ । ६ वटा बुँदामा तत्काल पुनर्विचार गर्न ध्यानाकर्षण गराउँदछु ।’
नगरसभाले रकमान्तर गर्न बाटो खुला गरेको भन्दै मेयरले रकमान्तर नगर्ने पत्र पठाउनु गलत हुने प्रधानाङ्गको भनाई छ । पोखराको आन्तरिक आम्दानी लक्ष्य भन्दा १ अर्ब कम हुने संशोधित अनुमान छ भने संघ सरकारले २५ प्रतिशत समानीकरण अनुदान घटाउने पक्का जस्तै छ । बजेट प्रक्षेपण अनुसार नभएपछि योजना कार्यान्वयन गर्न नसकिने महानगरको तर्क छ । वडाध्यक्षहरू छनोट भएका योजना काट्न नसक्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने