पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन, प्रवक्ताको जिम्मेवारी लाभालाई

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पाँच नेतालाई केन्द्रीय सचिवालयमा मनोनयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी दिएका हुन् ।
संशोधित विधान अनुसार पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन, सञ्चालन तथा पार्टीको निर्णय कार्यान्वयन गर्ने उद्देश्यले पाँच सचिवालयमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मनोनयन अनुसार निर्जला राउतलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै डा सुरेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, कविन्द्रनाथ ठाकुरलाई केन्द्रीय महासचिव तथा कोषाध्यक्ष, ज्ञानेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, विनोद कुमार सिंहलाई केन्द्रीय महासचिव, डा आभास लाभलाई केन्द्रीय प्रवक्ता र प्रदीप कुमार पाठकलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली
-
लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए
-
तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन
-
वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर