नेकपा एमाले कैलाली अधिवेशन : छैटौँ दिनमा बल्ल मतदान सुरु
शुक्रबार, ११ फागुन २०८०, ०९ : २३
धनगढी । नेकपा एमाले कैलालीको नेतृत्वको लागि बल्ल मतदान सुरु भएको छ । अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा मतदान सुरु भएको निर्वाचन कमिटीले जनाएको छ । मतदान पौने ९ बजेदेखि सुरु भएको हो ।
पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण निकै ढिलो गरी मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बिहीबार अनिश्चित कालका लागि सारिएको मतदान शुक्रबार ८ देखि दिउँसो १ बजेसम्म हुने जानकारी दिएका थिए । तर अझै मतपत्र नपुगेको बताइएको छ ।
जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाबिच प्रतिस्पर्धा हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
-
सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो
-
वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलनमा ह्रास
-
सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको आफन्त अझै न्यायको प्रतीक्षामा
-
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज
-
तराई र उपत्यकामा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?