दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात
बिहीबार, १० फागुन २०८०, २२ : ३९

बैतडी । बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा आज दिउँसोदेखि हिमपात भएको हो ।
राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो ।
यसैबिच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
रोबर्टो कार्लोस अब अर्को हप्ता एनएसएल हेर्न आउने
-
शिक्षकहरू आन्दोलनमा गएपछि व्यवस्थापन समितिले थाल्यो विद्यार्थी भर्ना अभियान
-
खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु