कुतियाकवरमा सेनाले ‘सेफ हाउस’ निर्माण थाल्यो
महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थालेको छ । उक्त ‘सेफ हाउस’ को आज एक कार्यक्रमबीच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रुपमा शिलान्यास गरे ।
नेपाल–भारत सीमावस्तीका रुपमा रहेको कुतियाकवर बर्सेनि वर्खामा जोगबुढा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण थालेको गुल्मपति सेनानी ठकुरीले जानकारी दिए ।
बर्षात्मा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुनेगरेकाले त्यसको रोकथामका लागि सेनाले दोधारा चादँनी नगरपालिकाको समेत सहयोगमा सेफ हाउस निर्माण कार्य अघि बढाएको नगरप्रमुख लिम्बूले बताए । यसबाट सैनिक र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुने उनको भनाइ छ ।
कुतियाकवरमा ४२ परिवारको बसोबास रहेको छ । यसअघि बाढीबाट कटान र डुबानबाट दर्जनौ परिवार विस्थापित भइसकेका छन् । सेनाले बाढीका बेला आश्रय लिन मिल्ने उक्त दुईतले सेफ हाउस चालु आर्थिक वर्ष २०८०/८१ भित्र निर्माण गरिसक्ने लक्ष्य छ । सेनाले कञ्चनपुरमा शिक्षा, स्वास्थ्य र खेलकुदका साथै सार्वजनिक सम्पतीको समेत संरक्षण एवं सम्बर्द्धन गर्दै आएको छ ।
दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले सेनाले निर्माण थालेको सेफ हाउस बनेपछि स्थानीयलाई बाढी र डुबानका बेला सुरक्षित भएर बस्न सकिने बताए । भवन निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराएका हुन् । शिलान्यास कार्यक्रममा दोधारा चाँदनीका नगर प्रवक्ता ओम बस्नेत तथा स्थानीयको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद सुरुवात
-
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
-
कानुन निर्माणलाई तीव्रता दिने कसरतमा सत्तारुढ दल
-
समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि भरत थापाको नेतृत्वमा समिति गठन
-
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच डेढ घण्टा वार्ता