छुटेनन् सूर्यदर्शन सहकारी ठगीका आरोपी, जिल्ला अदालतकै आदेश उच्चबाट सदर

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेकाहरु नछुट्ने भएका छन् ।
कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पुर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) ले जिल्लाको आदेश बदर माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए । तर उच्चले जिल्लाकै आदेशलाई सदर गरेपछि उनीहरु कारागारमै गएका छन् ।
‘जिल्लाले जसलाई जे आदेश गरेको थियो, त्यही सदर भएको छ,’ उच्चका उपरजिष्ट्रार विश्वराज अर्यालले भने । न्यायाधीशहरु मिलन राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको अर्यालले बताए । रम्तेललाई असोज २१ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । दर्लामीलाई १२ पुसमा र भोटेलाई पुस १८ गते कारागार पठाइएको थियो ।
सहकारी ठगीमा १९ जनाको संलग्ना देखिएपछि प्रहरीले १६ असोजमा जिल्ला सहकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते अदालतमा मुद्दा दर्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’