शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विराट गोल्डकप चैत १५ गतेदेखि हुने

बिहीबार, १० फागुन २०८०, २० : १८
बिहीबार, १० फागुन २०८०

विराटनगर । कोशी प्रदेशकै ठूलो फुटबल प्रतियोगिता विराट गोल्डकपको आठौँ संस्करण आगामी चैत १५ गतेदेखि संचालन हुने भएको छ ।

विराट गोल्डकप ट्रष्टले आगामी चैत १५ गतेदेखि १० दिनसम्म प्रतियोगिता हुने ट्रष्टका अध्यक्ष किशोर शाहीले बताए । प्रतियोगितामा सहभागी हुने टिमको छनोट भने भइनसकेको शाहीले बताए । 

सहिद रंगशाला विराटनगरमा हुने प्रतियोगिता रात्रिकालिन हुनेछ । प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशि घटाउन बाध्य भएको अध्यक्ष शाहीले बताए ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपबिजेता बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप