महासमिति बैठक
महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय समितिले परिमार्जनसहित अनुमोदन गर्छ : सभापति देउवा
बिहीबार, १० फागुन २०८०, २१ : ५७

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पारित भएका प्रतिवेदन परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।
महासमिति बैठकको समापन सत्रमा उनले प्रतिवेदनमाथि आएका राय सुझावलाई आत्मसात् गर्दै केन्द्रीय समितिले अनुमोदन गर्ने बताए । कांग्रेस महासमिति बैठकबाट भएका निर्णयलाई देश र विदेशबाट महत्त्वका साथ हेरिएको सभापति देउवाको भनाई छ ।
यस्तै उनले गठबन्धनलाई सुशासन कायम गर्ने दायित्व रहेको पनि बताए । यस्तै उनले महासमिति बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रिया : हामी पछि हट्ने छैनौँ
-
शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू
-
काम नलाग्ने वार्तामा हामी सहभागी हुँदैनौ : अध्यक्ष सुवेदी
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु