काम गर्न नसक्ने र दाग लागेको मन्त्रीलाई घर पठाऔँ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नाममा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई पार्टीले ठिक गर्नुपर्ने बताएका छन् ।
बिहीबार पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताले दुःख र समस्या छ भनेर सुविधा नपाउने बताए ।
थापाले भने, ‘दुःख जसले पनि देखाउन सक्छ, हामीले दुःखको हल दिनुपर्नेछ । किनकि हामी जिम्मेवारीमा छौँ ।’
यस्तै उनले काम गर्न नसक्ने र दाग मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताए । पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताए ।
‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुसी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ’, उनले भने ।
उनले संगठनको अनुशासन उल्लंघन गर्नेलाई १० वर्ष पार्टीबाट निष्कासन गर्ने आँट गरे चुनावमा कसैसँग कुम जोड्न नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
तीनकुने घटनाका दोषीमाथि कारवाही गर्न नेविसंघको माग
-
तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
-
फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद
-
फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु
-
महजोडीको राष्ट्रपतिसँग आग्रहः देश बन्दैछ तर नेताहरुलाई सुधार्न घचघच्याउनु पर्यो