धर्म निरपेक्षता र चुनावअघिको गठबन्धन दुर्भाग्य हो : शशांक कोइराला
बिहीबार, १० फागुन २०८०, १७ : १७

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् । बिहीबार महासमिति बैठकको समापनमा उनले धर्म निरपेक्ष नभई स्वतन्त्र हुने बताए ।
उनले भने, ‘धर्म निरपेक्ष होइन स्वतन्त्र हुन्छ । तर हामीले धर्म निरपेक्ष बनायौँ । यो दुर्भाग्य भयो ।’ यस्तै कोइरालाले चुनाव अगाडिकाे गठबन्धन पनि पार्टीका लागि दुर्भाग्य भएको बताए ।
‘अन्य दलसँग होइन हामीहरूबिच गठबन्धनको आवश्यकता छ । चुनाव अगाडिकाे गठबन्धन त पार्टीका लागि दुर्भाग्य हो,’ उनले भने । चुनावपछि गठबन्धन गरे पनि चुनावअघि कांग्रेस गठबन्धन गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा