शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पिस प्वाइन्ट र काष्ठमण्डपबिच उपाधि भिडन्त

बिहीबार, १० फागुन २०८०, १७ : ११
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । पिस प्वाइन्ट र काष्ठमण्डप काठमाडौँमा जारी १२औँ लोयल्टी कप यू–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनल खेलमा बिहीबार पिस प्वाइन्टले चेल्सी वल्र्ड स्कुललाई १–० गोलले हरायो ।

पिस प्वाइन्टका हिमाल थिङले निर्णायक गोल गरेका थिए । चेल्सीका लोभेन्सन तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।

दोश्रो सेमिफाइनल खेलमा काष्ठमण्डपले आयोजक लोयल्टीको ‘बी’ टोलीलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । पेनाल्टी सुटआउटमा काष्ठमण्डपका लागि अध्ययन शेरचन, विशांक कार्की र साहस ढकालले गोल गरे ।

लोयल्टी ‘बी’ बाट साहिल राई र गौरव राईले पेनाल्टीको अवसरलाई सदुपयोग गरे । लोयल्टी ‘बी’ का साहिल राई ‘म्यान अफ दी म्याच’ घोषित भए । फाइनल खेल शुक्रबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप