हामी एकताबद्ध हुनुको विकल्प छैन : शेखर कोइराला
बिहीबार, १० फागुन २०८०, १७ : ०७

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् । महासमिति बैठकको समापन सत्रमा उनले पार्टीभित्र एकताको आवश्यकता रहेको बताए ।
कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताए । महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको छ । यसले कांग्रेसलाई जीवन्त बनाएको छ, उनले भने, ‘महासमिति बैठकपछि कांग्रेस नयाँ उर्जाका साथ अगाडि बड्ने छ भन्ने विश्वास छ ।’ यस्तै उनले निर्वाचन प्रणाली परिवर्तन गर्नका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने कोइरालाले बताए ।
उनले भने, ‘कांग्रेसले आफूलाई नागरिकको भावनाअनुसार सुधार गर्दै आइरहेको छ । अहिले नागरिकमा देखिएको निराशालाई चिर्न राज्य संयन्त्र मात्रै पर्याप्त छैन । पार्टी नै परिचालन हुनुपर्छ । त्यसका लागि सबै जुट्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : गौतम
-
गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छः सांसद गौतम
-
नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक छ : कांग्रेस सांसद गिरी
-
सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब
-
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल