कोशी मोडेल र अरनिको सेमिफाइनलमा
काठमाडौँ । कोशी मोडेल स्कुल र अरनिको स्कुल विराटनगरमा जारी अन्तरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिता नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सङ्घले संयुक्त रुपमा आयोजना गरेको हो ।
विराटनगरको वैजनापुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई नौ रनले हरायो । टस जितेर ब्याटिङ गरेको कोशी मोडेलले निर्धारित १७ ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएको थियो ।
कोशी मोडेलका लागि रविन मण्डलले सर्वाधिक २५ रन बनाए । मनकामनाका बलर लक्ष्मण तामाङले तीन विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको मनकामनाले १६.२ ओभरमा अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । मनकामनाका लागि अंकित मल्लिकले सर्वाधिक १२ रन बनाए । कोशी मोडेलका बलर गोपाल मण्डल र रितिक यादवले तीन–तीन विकेट लिए । गोपाल म्यान अफ दी म्याच घोषित भए ।
बिहीबार नै खेलिएको दोस्रो खेलमा अरनिको स्कुलले नेपाल गुरुकुल स्कुललाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले १९ ओभरमा अलआउट हुनुअघि ७६ रन बनाएको थियो । नेपाल गुरुकुलका लागि सौरभ बजाजले सर्वाधिक २८ रन बनाए । अरनिकोका बलर साजन यादवले तीन विकेट लिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए ।
जवाफी ब्याटिङ गरेको अरनिकोले १४ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो । अरनिकोका लागि अविशेक यादवले २६ रन बनाए । लुसाङ गुरुङले पनि २० रनको योगदान गरे । नेपाल गुरुकुलका बलर मिथो यादव, प्रान्जल चन्द्र र योगेश पासवानले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते