शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चर्चित ब्राजिलियन फुटबलर डानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर, साढे चार वर्ष जेल सजाय

बिहीबार, १० फागुन २०८०, १६ : ५१
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर डानी आल्भेस एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोषी ठहर भएका छन् । स्पेनको बार्सिलोनास्थित अदालतले ४० वर्षीय पूर्वखेलाडी आल्भेसलाई बालात्कारको आरोपमा दोषी ठहर गरेको हो ।

अदालतले आल्भेसलाई साढे चार वर्षको जेल सजाय पनि सुनाएको छ । आफ्नो समयका प्रभावशाली खेलाडी आल्भेसमाथि बार्सिलोनाको नाइट क्लबमा एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । उक्त घटना सन् २०२२ को डिसेम्बर ३१ तारिखमा भएको बताइएको छ ।

आल्भेसा स्पेनिस क्लब बार्सिलोनाका पूर्वखेलाडी पनि हुन् । आल्भेसले भने उक्त घटना सहमतिमै भएको दाबी गर्दै आएका थिए । तर, न्यायालयले कुनै पनि प्रमाणले घटना सहमतिमा भएको पुष्टि नगरेकाले उनलाई दोषी ठहर गरिएको जनाएको छ ।

आल्भेसका कानुन व्यवसायीले भने बार्सिलोनास्थित अदालतको निर्णयविरुद्ध आफूहरुले माथिल्लो न्यायालयमा पुनरावेदन गर्ने बताएका छन् । अदालतको फैसलामा आल्भेसले पीडित महिलालाई एक लाख ५० हजार युरो क्षतिपूर्ति तिर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

आफ्नो समयका प्रभावशाली खेलाडी आल्भेसले बार्सिलोनाका अतिरिक्त फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब सेभियाबाट पनि ब्यवसायीक फुटबल खेलेका थिए ।

आल्भेसले बार्सिलोनाका लागि चार सयभन्दा बढी खेल खेलेका थिए । उनले बार्सिलोनालाई ६ पटक ला लिगा र तीनपटक च्याम्पियन्स लिगको उपाधि पनि चुमाएका थिए । उनले ब्राजिलियन टोलीबाट विश्वकप पनि खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप