त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नियुक्ति पत्र दिएको प्रधानमन्त्री निकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेशा सुरू गरेका थिए ।
बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलालाई उपकुलपतिका सिफारिस गरिएको थियो । त्रिविको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति बराल सिफारिसमा भने दोस्रो नम्बरमा थिए ।
तीमध्ये १ जनाको आवेदन खारेज भएको थियो । त्यसपछि ४२ जनामध्ये १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका १४ जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइएको थियो । १४ जनामध्ये सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर
-
पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो
-
मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा
-
टेनिस हस्ती भिक्टोरिया अजारेन्काले किन गरिन् ‘मातृत्व कोष’को प्रशंसा ?
-
घरको पेटीमा बसिरहेका दिदिबहिनीको बोलेरोले लियो ज्यान, १८ वर्षीय चालक पक्राउ