स्टार्टअप उद्यम कर्जाका लागि आवेदनमा भीड (तस्बिरहरु)
काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिने स्थानमा भीड देखिएको छ । औद्योगिक विकास प्रतिष्ठानमा स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिनेहरुको भिड भएपनि व्यवस्थापन भने कमजोर पाइएको हो ।
बिहीबार बिहानैदेखि लामो लाइन भएपनि फितलो व्यवस्थापन हुँदा आवेदकहरुले हैरानी बेहोर्नु परेको छ । निकै गुनासोपछि बिहीबार अपराह्नतिरमात्रै टोकनको व्यवस्था गरिएको छ । टोकनअनुसार आवेदकलाई फागुन १८ सम्मको म्याद दिइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेसँगै चालू आर्थिक वर्षको बजेटमा भएको यो व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ ।
जसअनुसार अनुसार नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गरिन्छ । त्यस्तो कर्जा २५ लाखसम्म पाइन्छ ।
स्टार्टअप उद्यममा कर्जा लिन उद्यमका १६ वटा क्षेत्र तोकिएका छन् । कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत हुने व्यवस्था गरिएको छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मका लागि दुई किस्ता र सोभन्दा माथि २५ लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’