सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कान्तिपुर सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी

बिहीबार, १० फागुन २०८०, १६ : ०६
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी प्रहरीको नियन्त्रणमा छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ ।

५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् । अहिले उनी काठमाडौँ महानगरपालिका–३२ मा बस्छन् ।

निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना संचालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट कोषाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध पक्राउ अनुमति आएको उपत्यका प्रहरी कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्यहरु सानुकान्छा लामा, नारायण प्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ ।

प्रेमध्वज लामा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका स्थानीय हुन् । जोगलाल पनि काभ्रेको तेमाल–५ का स्थानीय हुन् । सानुकान्छा लामा (५२ वर्षीय) तेमाल गाउँपालिका वडा नम्बर–५ का हुन् ।

५२ वर्षीय नारायण प्रसाद रिमाल नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–६ का हुन् । ईन्दु थापा  काठमाडौँ महानगरपालिका–३४ की स्थानीय र देवराज पराजुली (४४ वर्षीय) काभ्रेको भुम्लु गाउँपालिकाका हुन् ।

संचालकहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको ठगेको आरोपमा प्रहरी बृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्धा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप