रकम भुक्तानी नभएको भन्दै दुग्ध किसानले गरे आन्दोलनको घोषणा
काठमाडौँ । दुग्ध उत्पादन किसानले रकम भुक्तानी नपाएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानका समस्याबारे संयुक्त पत्रकार सम्मेलन मार्फत किसानले आन्दोलनको घोषणा गरेका हुन् ।
आगामी आइतबार (फागुन १३ गते) राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गर्ने किसानहरूले जनाएका छन् । फागुन १४ गते (सोमबार) मागहरूका बारेमा संघीय संसद् कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुससहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने किसानहरूले बताए ।
फागुन १७ गते बिहान १० देखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने जनाएका छन् । फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने र माग पुरा नभएसम्म निरन्तर जारी राख्ने उनीहरुले जनाएका छन् ।
दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाउन, भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दूधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न, विक्री नभएको दूधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुन बाट रोक्न, खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुधजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण मिलाउन लगायत किसानले १६ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडी क्लब छैटौँ वर्षमा, ६ दिन नै कलाकारहरूको प्रस्तुति
-
प्रचण्डको सम्बोधन : ओलीको आलोचना, देउवालाई ढाडस, साना दललाई सान्त्वना
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
-
वर्षमान पुनको माग देउवाको गृह जिल्लामा पुल बनाइदिनुहाेस्
-
रवि रिहा हुने भएपछि खुसीयालीमा भाले बोकेर पुगे समर्थक (तस्बिरहरु)
-
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र