सशस्त्रका डीएसपीले खिचेको भनिएको ‘अश्लील भिडियो’ प्रकरण के हो ?

काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी अहिले प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । डीएसपी केसी फागुन ६ मा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले ‘अश्लील भिडियो’ बनाएको आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीले काठमाडौँ आएको बेला हलचोकस्थित एउटा रेस्टुरेन्टमा अपरिचित महिलाको भिडियो खिचेका हुन् । आफ्ना साथीहरूसँग न्यू इभान पोइन्ट रेस्टुरेन्टमा गएका उनले सोही रेष्टुरेण्टको शौचालयमा महिलाको भिडियो बनाएको पीडितको जिकिर छ ।
शौचालयको पुरुषतर्फको कोठाबाट शौच गरिरहेकी महिलाको भिडियो खिचेपछि पीडितले प्रतिवाद गरिन् । पीडित महिला पनि साथीहरूसँगै रेस्टुरेन्टमा थिइन् । डीएसपी केसीले सुरुमा भिडियो खिचेको कुरा ‘इन्कार’ गरे । तर, विवाद प्रहरीसम्म पुग्यो । फागुन ५ मा साँझ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर ‘हाजिर जमानी’मा छाडेर विवाद मिलाउन भनेको थियो । तर, पीडितले जाहेरी दिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
डीएसपी केसी पश्चिम रुकुमका स्थानीय हुन् । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन । सोही कसुरमा उनीमाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद
-
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’
-
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
-
बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए
-
थियटर फेस्टिभलभित्र ‘इन्स्टलेसन आर्ट’