अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले गरे विवाह
बिहीबार, १० फागुन २०८०, १४ : ०१

मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले बुधवार एक समारोहकाबीच विवाह गरेका हुन् ।
विवाह समारोहमा बलिउडका थुप्रै सेलिब्रेटी सहभागी थिए । जसको तस्बिर समेत उनीहरूले सामाजिक सञ्जालमा शेयर गरेका छन् । सार्वजनिक तस्बिरमा विवाहित जोडीले खुल्ला गार्डेनमा सातफेरो लिएको देख्न सकिन्छ ।
अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा, शाहिद कपुर, भूमि पेडनेकर, अनन्या पाण्डे र आयुष्मान खुराना पनि श्रीमती ताहिरा कश्यपसँग विवाहमा पुगेको तस्बिरबाट अनुमान गर्न सकिन्छ ।