टिआरसी विधेयक छिटो टुङ्ग्याउन सांसद नारायणी शर्माको माग

काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले सङ्क्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक छिटो टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले द्वन्द्वका बेला भएका कामहरूलाई समाधान गरेर जान विगतमा सरकार र तत्कालीन राजनीतिक दलहरूबिच जे सहमति भएको छ त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् ।
उनले ती सहमतिहरू अझै किन टुङ्गिन सकेन भन्ने प्रश्न गर्दै भनिन्– ‘शान्ति प्रक्रिया सम्पन्न भएको १७ वर्ष पुगिसकेको छ । त्यो द्वन्द्वको घाउलाई पूर्ण रूपमा किन पूर्णविराम गर्न सकिरहेका छैनौँ ? टिआरसी विधेयकमा जे कुरा उठिरहेको छ, एउटा कुनै अमुक पार्टीलाई दोष दिएर कुनै अमुक नेतालाई दोष दिएर समस्या हल हुन सक्यो कि सकेन त्यो प्रश्न जनतासामु उठेको छ ।’
सांसद शर्माले ढिलासुस्ती गरेर जान नहुने बताउँदै यो विषयलाई सामान्य सोच्न नहुने बताइन् । यो विषयमा विवाद नगरी यसलाई टुङ्ग्याउन सरकार र संसद् गम्भीर हुनुपर्ने उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह