परराष्ट्रमन्त्री साउद र चौथाइवालेबिच भेटवार्ता

काठमाडौँ । एक कार्यक्रमका लागि भारतको दिल्ली पुगेका नेपाली कांगेसका नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा.विजय चौथाइवालेबिच भेटवार्ता भएको छ ।
भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले हिजो भाजपाका विदेश विभागका प्रमुख चौथाईवालेसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध तथा भाजपा र कांग्रेसको सम्बन्धको बारेमा कुराकानी भएको थियो । नेपाल–भारतको सम्बन्ध तथा भाजपा र कांग्रेस पार्टीबिच सम्बन्ध बलियो बनाउन परराष्ट्र मन्त्री साउदले खेलेको भूमिको चौथाइ बेलाले प्रशंसा गरेको बताइएको छ ।
भारतले भुराजनीति र भूअर्थशास्त्रमा बहस चलाउनका लागि यो सम्मेलनको आयोजना गरेको हो । यो कार्यक्रममा ग्रिसका प्रधानमन्त्रीलगायत विभिन्न देशका अधिकारी, सुरक्षा अधिकारी, विदेश मामिलाका जानकारलगायतका उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केको रिटायर्ड ? अन्तिम घडीसम्म कलाकारिता गर्ने हो’
-
पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो, दाहसंस्कार गरिँदै
-
शशांकको घरमा चियापान, कांग्रेस नेताहरूको जमघट
-
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग
-
आउट नै नभई क्रिज छाडेर पेभेलियन फर्किएपछि ईशान किशनको चर्को आलोचना