ह्वाइट हाउसले गर्यो मणि नेपाली पनेरुलाई पुरस्कृत
अमेरिका– अमेरिकी राष्ट्रपतिको कार्यालय अन्तर्गत कर्पोरेसन फर नेशनल एन्ड कम्युनिटी सर्भिसले सामुदायिक तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा गर्ने सामुदायिक नेतृत्वलाई हरेक वर्ष प्रदान गर्ने द प्रेसिडेन्ट भोलेन्टियर सर्भिस स्वर्ण पदकबाट एकजना नेपाली पुरस्कृत भएका छन् । समाजसेवामा उत्कृष्ट कार्य गरेको भन्दै ह्वाइट हाउसले क्यालिफोर्नीया निवासी मणि नेपाली पनेरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत ब्यक्तिलाई सो सँस्थाद्वारा बिभिन्न निकायमार्फत अभिलेख गरिएका स्वयंसेवक अवधीको आधारमा कास्य, रजत र स्वर्ण पदक वा राष्ट्रपतीय बिल्लाबाट सम्मान गरिन्छ । नेपाल एसोशिएसन फर ग्लोवल को–अपरेशन (एनएजीसी)का संस्थापक अध्यक्ष मणि नेपाली पनेरुलाई सामुदायिक सेवामा उल्लेख्य समय खर्च गरी उत्कृष्ट कार्य गरे बापत २०१६ को सो अवार्ड प्रदान गरिएको हो ।
विगत १३ बर्षदेखि अमेरिकाको क्यालिफोर्नीयामा बस्दै आएका पनेरु लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका अध्यक्ष थिए । उनी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ४ सी ३ को जोन चेयरको रुपमा गैरनेपाली सामुदायिक सेवामा समेत सक्रिय थिए भने लायन्स क्लव अफ सान लेनार्डो मनकामनामा सर्टिफाईड गाइडिङ लायनको हैसियतलेसमेत सेवा गर्दै आएका छन् ।
विश्वभर ३५ देशमा शाखा रहेको नेपाल एसोशिएसन फर ग्लोवल को–अपरेशनको वर्तमान नामक अध्यक्षसमेत रहेका पनेरुलाई गत वर्ष ओबामा प्रशासनले नै सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पनेरुलाई लायन्स क्लव एसोसिएसनका अन्तराष्ट्रिय अध्यक्ष जो प्रेस्टनले गत मंगलबार शिकागोमा आयोजित एसोशियसनको शतवार्षिकी समारोहमा झण्डै ६० हजार सहभागीहरु माझ पदक पुरस्कार, सुनको गोल्ड पिन (बिल्ला) र अमेरिकी राष्ट्रपतिको बधाई पत्र हस्तान्तरण गरेका थिए ।
द प्रेसीडेन्ट भोलिन्टियर अवार्ड सन् २००२ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले स्थापना गरेका थिए । यसअघि बाला घिमिरे, उत्तम कार्की र लीला कार्कीले यो अवार्ड पाइसकेका छन् ।
पुरस्कृत भएपछि पनेरुले, श्रीमती हेमा पनेरु, डिष्ट्रिक्ट गभर्नर राजेन थापाको सहयोगबाट यो सम्भव भएको बताउदै अबको समय नेपालको सेवामा विताउने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा