अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबिच भेटवार्ता
बिहीबार, १० फागुन २०८०, ११ : १५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् । बिहीबार बिहान अध्यक्ष नेपाल र राजदूत लोरेन्जोबिच पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।
भेटमा अध्यक्ष नेपालले राजदूत भेरोनिकलाई नेपालमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सो अवसरमा नेपाल र यूरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबिचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन