अमृत क्याम्पस स्ववियु कार्यालयमा तोडफोड
बिहीबार, १० फागुन २०८०, ११ : १०

काठमाडौँ । अमृत क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयभित्रै तोडफोड भएको छ । अनेरास्ववियुबाट निर्वाचित स्ववियु सचिव रुद्रहरि पोखरेल, उपाध्यक्ष कौशल प्याकुरेल र सहसचिव रमेश फुलाराको कार्यकक्षमा तोडफोड गरिएको हो ।
कार्यकक्षमा राखिएको नेमप्लेटहरू तोडफोड गरिएको हो । तोडफोड किन र कस्ले गराएको हो खुल्न नसकेको स्ववियु सचिव पोखरेलले बताए ।
गत वैशाख ३ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा अध्यक्षमा अखिल क्रान्तिकारीबाट प्रेम जैशी अध्यक्षमा निर्वाचित भएका थिए भने सचिवमा अनेरास्ववियुका पोखरेलले निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य
-
राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य : अध्यक्ष नेपाल
-
राजावादीहरूको प्रदर्शनबाट विचलित भएको छैन : प्रचण्ड
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ