‘टाइगर भर्सेस पठान’ अघि ‘पठान २’ निर्माण हुने

मुम्बई । फिल्म ‘पठान’को अपार सफलतापछि शाहरुख खान र सलमान खान यशराज फिल्मसको स्पाई थ्रिलर ‘टाइगर भर्सेस पठान’मा देखिँदै छन् । यो फिल्म घोषणा समयदेखि नै चर्चामा छ । फिल्ममा शारुख एक पटक पुनः पठान अवतारमा र सलमान टाइगर अवतारमा देखिँदै छन् ।
तर अब दर्शकले ‘टाइगर भर्सेस पठान’ हेर्न केही समय पर्खनुपर्नेछ । यशराज फिल्मस्ले ‘टाइगर भर्सेस पठान’ भन्दा अगाडि ‘पठान’ २ निर्माण गर्ने भएको छ । ‘टाइगर भर्सेस पठान’का लागि एक प्लट तयार पारेर कथामा ट्वीस्ट ल्याउने तयारीमा यशराज फिल्मस् जुटिरहँदा उसले ‘पठान २’ बनाउने नयाँ योजना ल्याएको हो । ‘पठान २’ मा शाहरुख नै प्रमुख भूमिकामा हुनेछन् ।
निर्माताहरू ‘पठान २’ लाई सन् २०२४ को अन्त्यसम्ममा फ्लोरमा लैजाने तयारीमा छन् । ‘टाइगर भर्सेस पठान’ यशराज फिल्मसङको नवौँ फिल्म हुनेछ । ‘पठान २ मात्र होइन, यहाँसम्म कि आलिया भट्टको स्पाई थ्रिलर फिल्म पनि टाइगर भर्सेस पठानको टकरावलाई नयाँ मोड दिनेछ ।
आदित्य चोपडा टाइगर भर्सेस पठानलाई भारतीय फिल्मको सबैभन्दा महत्वकांक्षी सिनेमाई युनिभर्सको स्पाई वेन्जर फिल्मका रुपमा प्रस्तुत गर्दै छन् । वाईआरएफ युनिभर्समा सबै फिचर फिल्म कसरी टाइगर भर्सेस पठानतिर जान्छन्, यस कुरालाई गोप्य राखिएको छ । पठान २ को सुटिङ पुरा हुनासाथ टाइगर भर्सेस पठानको सुटिङ हुनेछ’, यशराज फिल्मस् निकट स्रोतले भनेको छ ।
‘टाइगर भर्सेस पठान’ सय दिन बढी सेड्युलका साथ सन् २०२६ मा फ्लोरमा जानेछ र सन् २०२७ मा रिलिज हुनेछ । यता ‘पठान २’ सन् २०२६ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)
-
सामाजिक अभियानमार्फत कर्णालीमा काम गर्ने नायक पल शाहको चाहना, मुख्यमन्त्रीसँग भेटे
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित