सजिलो जितसँगै लिभरपुलले चार अंकको अग्रता लियो म्यानचेस्टर सिटीसँग

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लिभरपुलले सजिलो जित हात पारेको छ । ‘लिग लिडर’ लिभरपुलले बुधबार राति सम्पन्न खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लुटन टाउनलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
जितसँगै लिभरपुलले अंक तालिकाको दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीसँग चार अंकको अग्रता हासिल गरेको छ । घरेलु मैदानमा लिभरपुलले चारवटै गोल दोस्रो हाफमा गरेको थियो । खेलमा सुरुआती अग्रता भने लुटन टाउनले लिएको थियो ।
खेल सुरु भएको १२औँ मिनेटमै लुटन टाउनका लागि चिडोजी अगबेनले लुटन टाउनलाई अग्रता दिलाएका थिए । सोही गोलका कारण पहिलो हाफमा लुटन टाउन १–० ले अगाडि रह्यो । तर, खेलको दोस्रो हाफमा लिभरपुल लयमा फर्किएको थियो ।
निर्धारित समयको ५६औँ मिनेटमा लिभरपुलका लागि भर्जिल भान जिकले पहिलो गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै कोडी जाकपोले लिभरपुललाई २–१ को अग्रता दिलाएका थिए । ७१औँ मिनेटमा लिभरपुलका लागि लुइस डियाजले तेस्रो गोल थपेका थिए ।
यसैगरी खेल सकिनुभन्दा ठिकअघि हार्भी एलियटले भिलरपुलका लागि चौथो गोल गरेका थिए । हार्भीले लिभरपुलका लागि खेलको यो एक सयौँ खेल पनि हो । हालसम्म २६ खेल खेलेको लिभरपुलको ६० अंक छ । २५ खेलबाट ५६ अंक बटुलेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।
हालसम्म २५ खेल खेलेको लुटन टाउन भने २० अंकसहित तालिकाको १८औँ स्थानमा छ । लुटन टाउनसँगै बर्नली र सेफिल्ड युनाइटेड पनि रेलिगेसन क्षेत्रमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा