नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना
बिहीबार, १० फागुन २०८०, ०८ : ३५

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा स्पेनिस ‘पावर हाउस’ बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनालाई इटालियन क्लब नापोलीले १–१ गोलको बराबरीमा रोकेको हो ।
नापोलीको घरेलु मैदानमा खेलिएको उक्त खेल निर्क प्रतिस्पर्धात्मक थियो । खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलमा सुरुआता अग्रता भने बार्सिलोनाले लिएको थियो । निर्धारित समयको ६०औँ मिनेटमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोवस्कीले पहिलो गोल गरेका थिए ।
तर, बार्सिलोनाले त्यो अग्रता लामो समय जोगाउन सकेन । निर्धारित समयको ७५औँ मिनेटमा नापोलीका लागि भिक्टर ओसिमहेनले जवाफी गोल गरेका थिए । भिक्टर गत डिसेम्बरपछि पहिलो पटक नापोलीबाट मैदानमा ओर्लिएका हुन् । दोस्रो लेग खेल मार्च १२ तारिखमा बार्सिलोनाको घरेलु मैदानमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?