महासमिति बैठक
हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका बहुमत महासमिति सदस्यको हस्ताक्षर, भोलि पूरक प्रस्ताव लगिँदै
बुधबार, ०९ फागुन २०८०, २१ : ३७

काठमाडौँ । नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।
कुल १ हजार ९ सय ५० प्रतिनिधि छनौट गरिएकामा एक हजार जनाले हस्ताक्षर गरेको महाअभियानका संयोजक शंकर भण्डारीले रातोपाटीलाई बताए ।
बुधवार साँझसम्ममा बहुमत महासमिति सदस्यहरूले हस्ताक्षर गरेको उनले बताए । हिन्दु राष्ट्र नेपाल स्थापना सम्बन्धि पूरक प्रस्ताव महासमिति बैठक पेश गर्ने सम्बन्धमा बिहान पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको र बिहीबारको बैठकमा पेश गरिने उनले जनाए ।
यो अभियानमा साथ दिन सबै महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूसँग उनले अपिल पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
-
विकासशील राष्ट्रमा स्तरोन्नतिपछि नेपालले के पाउँछ, के गुमाउँछ ?