भारतपछि बंगलादेशसँग विद्युत् बेच्न सम्झौता गर्दै नेपाल

काठमाडौँ । भारतसँग १० वर्षमा १० हजार मेगावाट सम्झौतापछि बंगलादेशसँग पनि बिजुली बेच्ने सम्झौता हुने भएको छ । नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश बेच्ने सम्झौता हुन लागेको हो ।
यो सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बंगलादेश उडेको छ । यो टोलीले बंगलादेशसँग सुरुवात चरणमा ४० मेगावाट बिजुली किनबेचको सम्झौता गर्नेछ ।
बंगलादेशसँग हुने बिजुली किनबेचका दीर्घकालीन सम्झौता हुनेछ । ४० मेगावाट बिजुली बेचेर नेपालमा खेर जाने बिजुलीको सदुपयोग हुनेभन्दा पनि तेस्रो मुलुकमा बिजुली व्यापारको ढोका खुल्नेछ ।
नेपाल र बंगलादेशबिच हुने सम्झौतापछि भारतसँग त्रिपक्षीय सम्झौता आवश्यक पर्ने छ । जुन सम्झौताका लागि भारतीय पक्ष तयार समेत देखिएको छ । नेपाल र भारतले अघिल्लो महिनामा मात्रै दीर्घकालीन बिजुली व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।
सम्झौताअनुरूप नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाटसम्म बिजुली निर्यातको ढोका खुलिसकेको छ ।
सम्झौताअनुसार नेपालले भारतको प्रशारणलाईन प्रयोग गरेर बंगलादेश बिजुली निर्यात गर्नेछ । भारतको प्रशारणलाईनको प्रयोग गरेबापत लाग्ने शुल्क भने बंगलादेशले तिर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु भेटियो
-
वरिष्ठ पत्रकार कोइरालाको आज अन्त्येष्टि गरिने
-
धर्मले विभेद र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति
-
विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन
-
राष्ट्रियसभाको बैठक बस्दै : के-के छन् कार्यसूची ?
-
प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची