आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

प्रदेश सरकार र पहिचानवादीबिच ३ बुँदे सहमति

बुधबार, ०९ फागुन २०८०, २० : २३
बुधबार, ०९ फागुन २०८०

विराटनगर । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिको दोस्रो वार्तामा तीन बुँदे सहमति भएको छ । विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दुई पक्षको वार्ता टोलीले उक्त सहमति गरेको हो ।

उनीहरूबिच प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्ता सम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत भयो र सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फाल्गुन मसान्तभित्र कार्यान्वयन गर्ने र  पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको हो ।

यसअघिको वार्तामा दुई पक्षबिच ५ बुँदे सहमति भएको थियो ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप