युवासंघको अध्यक्षमा एमालेका समूहबीच रडाको, नेपाल पक्षले थाल्यो यस्तो तयारी
काठमाडौं–एमालेको भातृ संगठन युवा संघमा नेतृत्वको विषयलाई लिएर अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीचको विवाद चरमोत्कर्षमा पुगेको छ ।
पार्टीमा अध्यक्ष केपी ओली र माधव नेपाल मिलेपनि भातृ संगठन युवा संघमा भने गुटगत राजनीति थप बढ्दै गएको पाइएको छ ।
सोमबार र मंगलबार बसेको युवासंघको बैठकमा अध्यक्ष राजीव पहरीलाई ओली समुहका महेश बस्नेत र निरु पालले राजीनामा दिन दवाव दिएका थिए । साे दबाब थेग्न नसकि उनले राजीनामा दिन्छु भनेपनि हालसम्न दिएका भने छैनन् । पहारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यता माधव नेपाल पक्षले पनि पहारीकाे राजीनामा कुरेर बसेकाे र उनले राजीनामा दिएसँगै समानान्तर कमिटी घाेषणा गर्ने तयारी गरेकाे छ ।
नेपाल समूहले मंगलबार नै पत्रकार सम्मेलन गरेर समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेपनि अन्तिममा स्थगित गरेको सचिव नरेश शाहीले बताए ।
अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह वामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए ।
युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ । नेपाल समुहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव शाही, क्रान्ति बुर्लाकोटीलगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै