राजसंस्था र हिन्दुराज्य माग्दै राप्रपाले पोखराबाट प्रधानमन्त्रीलाई पठायो ज्ञापन पत्र

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले राजसंस्था र हिन्दुराज्यको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गण्डकी प्रदेश र कास्की जिल्ला कार्यसमितिले ४० बुँदे माग पत्र प्रधानमन्त्रीलाई पठाएको छ । प्रदेश अध्यक्ष पञ्चराम गुरुङले प्रदेश प्रमुख मार्फत र जिल्ला अध्यक्ष नारायण गुरुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र पठाइएका हुन् ।
संवैधानिक राजसंस्था, वैद्धिक सनातन हिन्दु राज्य, प्रदेश संरचना खारेजी लगायतको माग राप्रपाको छ । यस्तै, प्रलोभनपूर्ण धर्म परिवर्तन गर्ने काममा रोक लगाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आवश्यकताभन्दा बढी जनप्रतिनिधि र कर्मचारी कटौती, सरकारी कर्मचारी तथा पेसागत दलीय भातृ संगठनको खारेज, २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिएको छ ।
राप्रपाले सहकारीका बचतकर्ताको बचत सुरक्षाको प्रत्याभूति र राहत प्याकेज घोषणा गर्नुपर्ने, वित्तीय संस्थाको ब्याजदर एक अंकमा झार्नुपर्ने, निर्माण व्यवसायीको बक्यौता भुक्तानी तत्कालै गर्नुपर्ने, युवालाई देशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, पूर्वाधार निर्माण गर्दा सय वर्ष पछिको अवस्थालाई मूल्याङ्कन गर्नुपर्ने लगायत माग पनि उठाएको छ ।
राप्रपाले ज्ञापन पत्र बुझाउन जाँदा ¥याली निकालेको थियो । पृथ्वी चोकबाट सिर्जनाचोक, रत्नचोक हुँदै सहिदचोकसम्म ¥याली निकालिएको जिल्ला अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । ‘देशको अवस्था दयनीय भइसक्यो । राज्य सञ्चालकहरू वास्ता नगरी बस्छन्,’ उनले भने, ‘तत्कालै संवैधानिक राजतन्त्रको व्यवस्था गरिनुपर्छ । प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने गरी संविधान संशोधन गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको फेक क्लेमबारे निर्क्योलमा नपुगी सरकारले भुक्तानी दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ