हारजित जेसुकै होस् एक्लै चुनावमा जानुपर्छ : देवेन्द्र पौडेल

काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले हारजित जेसुकै भए पनि आगामी निर्वाचनमा एक्लै भाग लिनुपर्ने पक्षमा उभिएका छन् । कांग्रेसको जारी महासमिति बैठकमा चुनावअघि गठबन्धन गर्ने कि नगर्ने विषयमा छलफल भइरहेका बेला उनी गठबन्धनको विपक्षमा देखिएका हुन् ।
‘लोकतन्त्रमा दलहरूले सकेसम्म आफ्नो पोजिसन आफ्नै थितिअनुसार अलग अलग ढङ्गले चुनाव लड्दा जनताको बिचमा आफ्नो हैसियत प्रस्ट हुन्छ । त्यसैले हामीले पनि आफ्नै ढङ्गले चुनावमा भाग लिनुपर्छ’, बुधवार रातोपाटीसँग उनले भने, ‘हारजित जेसुकै होस् एक्लै जानुपर्छ भन्ने निर्णय गरेका छौँ । कांग्रेसले पनि त्यो निर्णय गर्ने कुरालाई हामी अन्यथा मान्दैनौँ । गठबन्धन भनेको परिणाम आइसकेपछि सरकार बनाउन बहुमत पुगेन भने त्यो बेला गर्ने विषय हो । तर सामान्यतया दलको नियम अनुसार चुनाव एक्लै लड्ने कुरा आफैमा सही छ ।’
उनले मिसन ८४ आउन धेरै समय बाँकी रहेकाले त्यतिबेलासम्म पार्टीलाई बलियो बनाउने कोसिस गर्ने बताए । ‘भर्खर केन्द्रीय समिति बैठक, विधान अधिवेशन भएको छ । महाधिवेशन पनि गर्ने भनेको छौँ । रूपान्तरण अभियान भइसकेको छ । यी सबैको सार कुरा अब नयाँ ढङ्गले जानुपर्छ भन्ने हो । चुनावको तयारी पनि त्यहीअनुसार गर्ने हाम्रो तयारी छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा
-
आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो
-
१२ वर्षपछि बारमा फर्किएका मिश्र : निःशुल्क कानुनी परामर्शदेखि अन्तर्राष्ट्रिय मञ्चको प्रतिनिधित्वसम्म
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला