इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजना सञ्चालन

काठमाडौँ । इयुको सहयोगमा नेपालका विभिन्न स्थानीय तहमा ग्रिन सिफ्ट परियोजनाको सञ्चालन हुने भएको छ । सो परियोजनाको आज एक कार्यक्रमका बिच चितवनमा शुभारम्भ गरिएको छ ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का र इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले संयुक्त रूपमा सो परियोजनाको शुभारम्भ गरेको हो ।
इयुको सहयोगमा क्रिएसन नेपालले सञ्चालन गर्ने सो ग्रीनसिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका ३–३ वटा स्थानीय तहमा सञ्चालन हुने बताइएको छ । सो परियोजना चार वर्षसम्म सञ्चालन हुने बताइएको छ ।
वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोर मैला व्यवस्थापन र फोहोर मैला मजदुरको समस्या समाधानका लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताए । परियोजनालाई कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले पूर्ण रूपमा सहयोग गर्ने उनले बताइन् ।
इयुको सहकारिता उपप्रमुख इलोइसा अस्टुडिलोले प्लास्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाको जीवन शक्तिलाई सदुपयोग गर्नुपर्ने विषयमा जोड दिइन् । ‘यो परियोजना युरोपेली सङ्घको प्राथमिकताको विषय हो, चार वर्षको अवधिमा सञ्चालित परियोजनाबाट रूपान्तरणका प्रयासहरू देख्न म आतुर छु’ उनले भनिन् ।
माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री गणेश साहले यो परियोजनाले वातावरणको क्षेत्रमा सकारात्मक परिणाम ल्याउनेमा आफू विश्वस्त रहेको बताए । क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बाँकी नराख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त