सशस्त्र प्रहरी बल धनुषाद्वारा १० लाख मूल्य बराबरको तस्करीका सामाग्री बरामद
बुधबार, ०९ फागुन २०८०, १६ : १९

धनुषा । सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारीमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वार्टर धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हालेसँगै अवैध चोरी पैठारीमा कडाइ गरिएको हो ।
तीन दिनको अवधिमा १० लाख २० हजार मूल्य बराबरकोतस्करीका अवैध सामग्री सीमा इलाकाबाट बरामद गरिएको हो ।
बरामद सामग्रीमा मदिरा, किराना, लत्ताकपडालगायत विभिन्न रहेको बताइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई निरुत्साहित गर्न प्रभावकारी कार्यसम्पादन गर्न गिरीले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा