अस्ट्रेलियासँग घरेलु मैदानमै ६ विकेटले हार्यो न्युजिल्यान्ड
काठमाडौँ । पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बुधबार अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । जितसँगै भ्रमणकारी टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
अस्ट्रेलियाको जितमा कप्तान मिचेल मार्सले अविजित ७२ रनको योगदान गरे । उनले केवल ४४ बलको सामना गरी सात छक्का र दुई चौका हिर्काए । ओपनर डेभिड वार्नरले पनि ३२ रन बनाए । उनले २० बलमा तीन छक्का र एक चौका प्रहार गरे ।
टिम डेभिडले पनि अविजित ३१ रनको योगदान गरे । उनले केवल १० बलमा तीन छक्का र दुई चौका पनि हिर्काए । ओपनर ट्राभिस हेडले २४, ग्लेन म्याक्सवेलले २५ र जस इङ्लिसले २० रन बटुले । न्युजिल्यान्डका बलर मिचेल सान्टनरले दुई तथा लोकी फर्गुसन र एडम मिल्नेले एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । रचिन रविन्द्रले ६८ रन बनाएका थिए । उनले केवल ३५ बलमा ६ छक्का र दुई चौका पनि हिर्काएका थिए । ओपनर डेभोन कनवेले पनि ६३ रन बनाएका थिए । उनले ४६ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे ।
ओपनर फिन एलनले पनि १७ बलमा तीन छक्का र दुई चौकाको मद्दतले ३२ रन बनाएका थिए । अस्ट्रेलियाका बलर मिचेल स्टार्क, प्याट कुमिन्स र मिचेल मार्सले एक–एक विकेट लिए । मिचेल मार्स प्लेयर अफ दी म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता