बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण लाग्यो एकतामा ‘ब्रेक’ !

मङ्गलबार, ०४ वैशाख २०७५, १५ : १३
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं– एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ ।

मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो । 

यस अघि भएको भनिएको आलोपालो प्रणाली अनुसार सरकारको नेतृत्व गर्ने सहमतिलाई पार्टी एकता अगाडि नै मूर्त रुप दिनुपर्ने विषयमा माओवादी नेताहरुले चासो राखेका थिए । 

‘सहमति’ को विषय पार्टीको संस्थागत निर्णय बनाउने विषय प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली अनिश्चिुक देखिएपछि तत्कालका लागि एकता प्रक्रियामा ‘ब्रेक’ लागेको बैठकमा सहभागी ती नेताले बताए । 

यस अघि ओली र प्रचण्डले अढाई–अढाई बर्ष सरकारको नेतृत्व गर्ने गरी बामगठबन्धन बनेको समाचार बाहिर आएको थियो । तर, यो औपचारिक निर्णयका रुपमा भने आएको थिएन् ।

पार्टी नेतृत्वको विषयमा भने ओली र प्रचण्ड दुवै महाधिवेशनसम्म अध्यक्ष रहने गरी जाने विधान मस्यौदा बनाइएको छ । विधानमा दुवै अध्यक्ष रहने भन्दै उनीहरुको भूमिका पनि तय भएको छ । 

आफ्नो भूमिकाकावारे प्रचण्डले एक अन्तर्वार्तामा संकेत गरिसकेका छन् । ‘मलाई विश्वास छ, वामपन्थी एकता, कम्युनिस्ट एकताको पनि मैले नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ भन्ने मेरो विश्स्वास छ । पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन । कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई ?’ प्रचण्डको पछिल्लो अन्तर्वार्तामा छ । 

आजको बैठकमा सहमति जुटन नसकेपछि सहमति जुटाउने जिम्मा बैठकले दुवै पार्टीका अध्यक्षलाई दिएको छ । 

चुनाव चिन्ह, जनयुद्ध शब्द र केन्द्रीय कमिटिमा सहभागीताजस्ता विषयमा एमाले र माओवादीवीच अझै कुरा मिलेको छैन । कार्यदलले अपुरो प्रतिबेदन दिएको छ । 

थप समाचार

पार्टी एकताको सकस : तीनवटा मिति गुज्रिए, चौथो मिति कहिले ?

बालुवाटारमा वार्ता मिलेन : बैशाख ९ गते पार्टी एकता नहुने निश्चित

एमाले स्थायी समिति बैठक सकियो, यस्तो भयो निर्णय

एकताबारे प्रचण्डको अर्थपूर्ण अभिव्यक्ति : डिजाइन देखेँ भने भत्काउन आइतबार कुर्दिनँ

के हो माओवादीले भनेको ‘सम्मानजनक’ एकता ?

कार्यदलका थप समाचार

कार्यदल प्रतिबेदन : सवा ६१ खर्बको यस्तो छ वामदलको जलविद्युत सपना

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् पार्टी एकताका ५ सैद्धान्तिक आधार

एमाले–माओवादी एकतापछि यस्ता हुनेछन् एकीकृत पार्टीका मुख्य १० काम

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप