एमाले बैठकमा चार अवधारणामाथि समूहगत छलफल

काठमाडौँ । नेकपा एमालेको सातौ केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रस्तुत गरेका विभिन्न अवधारणमाथि समूहगत छलफल जारी छ । बैठकको दोस्रो दिन पेश भएका अवधारणामाथि नौ वटा समूहमा छलफल जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेता गौतमकाअनुसार सात प्रदेशका तर्फबाट सातवटै प्रदेशका अध्यक्ष समुहका नेता चयन भएका छन् भने स्थायी कमिटीको समुहनेता काशीनाथ अधिकारी र सम्पर्क समन्वय कमिटीको पेम्वा लामा चयन भएका छन् ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी शुद्धिकरण र सुदृढिकरण, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनआधारित पार्टी निर्माण, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार जनदवाव सम्बन्धी अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागी सदस्यहरुका सुझाव समेत समेटेर समूहका नेताले बिहीबार बैठकमा पेश गर्नेछन् । बिहीबार नै अध्यक्ष केपी शर्माओलीले बैठकमा उठेका प्रश्नको जवाफ दिएर बैठक समापन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदिमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री