तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन

- शाओ वे पेङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवार प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र पेश गर्दैछ । ज्ञापन पत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमूलक र्याली सुरु गरेर भद्रकाली, सुनधारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गरिएको छ ।
त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनका अनुसार संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा छ । यस्तै बढ्दो भ्रष्टाचारको विषयदेखि बैंकदेखि वित्तीय संस्थाको मनपरीमाथि हुनुपर्ने लगायतका विषय पनि उल्लेख छ ।
राप्रपाको पूर्वनिर्णयअनुसार बुधवार नै सबै जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने छ । साथसाथै आफ्नो मागबारे दबाबमूलक प्रदर्शन गर्ने पनि कार्यक्रम रहेको छ ।
राप्रपाले सरकारले आफ्नो मागबारे कुनै सुनुवाइ नगरेमा चैतदेखि आन्दोलन गर्ने तयारी गरेको छ । त्यसअघि सहर केन्द्रित दबाबमूलक कार्यक्रमहरू हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?