स्थानीयले प्रहरी कन्ट्रोलमा फोन गरेपछि जंगलमा भेटिए सितापाइला घटनाका काजी

काठमाडौँ । राजधानीको सितापाइलामा तीन जनाको हत्यापछि आत्महत्या गरेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि पठाइएको छ ।
नागार्जुन नगरपालिका वडा नम्बर ५ स्थित हरिसिद्धको जंगलमा पुगेर उनले आत्महत्या गरेका हुन् । स्थानीयले काजी झुण्डिएको अवस्थामा देखेपछि प्रहरी कन्ट्रोलमा खबर गरिएसँगै जिल्ला प्रहरी परिसरको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा प्रहरी पुग्दा उनको मृत्यु भइसकेको थियो । स्थनीय सुधा तामाङले घटना देखेपछि बुधबार बिहान ११ बजेर १२ मिनेटमा प्रहरीलाई खबर गरेकी थिइन् ।
सीतापाइलामा रहेका श्रीमतीसहित दुई बालिकाको हत्या पछि उनी आत्महत्या गर्न भनेर हिँडेका थिए । काजीले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरेका हुन् । अनिशा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् ।
ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो । पारिवारिक कलहले यो घटना निम्तिएको आशंका गरिएको छ । यसबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’