एमाजनका संस्थापक जेफ बेजोसले बेचे साढे ८ अर्ब डलरको शेयर
![एमाजनका संस्थापक जेफ बेजोसले बेचे साढे ८ अर्ब डलरको शेयर](https://npcdn.ratopati.com/media/news/amazon_qbFclMHYDg.webp)
क्यालिफोनिर्या । अमेरिकाका खर्बपति व्यापारी जेफ बेजोसले अनलाइन खुद्रा कम्पनी एमाजनको १ करोड ४० लाख कित्ता शेयर बेचेका छन् । बेचेको शेयरको मूल्य २ अर्ब ४० करोड डलर आसपास रहेको छ ।
पछिल्लो चरणको बिक्रीसँगै गएको ९ ओटा कारोबार दिनमा कम्पनीबाट करिब ५ करोड कित्ता शेयर बिक्री भएको छ । यसको मूल्य साढे ८ अर्ब डलर भएको बताइएको छ ।
नोभेम्बरमा नै बेजोसले आगामी वर्षभरमा कम्पनीको ५ करोड कित्तासम्म शेयर बेच्ने घोषणा गरेका थिए । गत वर्ष कम्पनीको शेयर मूल्य ७६ प्रतिशतले बढेको थियो । बेजोस कम्पनीको संस्थापक र कार्यकारी अध्यक्ष हुन् । उनले यस अघि सन् २०२१ मा एमाजनको शेयर बेचेका थिए । उनले बेलाबेलामा शेयर दान पनि गर्ने गरेका छन् ।
मियामीबाट बेजोस गएको वर्ष सियाटल बसाई सरेका थिए । उनले बेचेको शेयरमा त्यहाँ करिब ६० करोड डलर बराबरको कर बचाउने छन् । तर संघीय करहरू भने तिर्नु पर्नेछ । बेजोस एमाजनका सबैभन्दा ठुलो शेयरधनी हुन् । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार बेजोसको नेटवर्थ १ खर्ब ९० अर्ब डलरभन्दा धेरै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ