बारामा ट्रक र बोलेरो ठोक्किँदा चालकसहित २ जनाको मृत्यु, ४ घाइते
वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित आधाभार जंगलमा ट्रक र बोलेरो पिकअप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
बारा प्रहरीका अनुसार मृत्यु हुनेहरूमा बोलेरो पिकअप चालक नुवाकोट जिल्ला, विदुर नगरपालिका–९ कोल्नी बस्ने ३० वर्षका सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुर बस्ने २८ वर्षका चन्दन चौहान रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका मगराती र चौहानको उपचारको क्रममा बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए ।
सिमराबाट हेटौँडातर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप बुधबार बिहान एकापसमा ठोक्किँदा दुर्घटना भएको न्यौपानेले जनाए ।
दुर्घटनामा घाइतेहरुमा भारतको बिहार राज्य मजफ्फरपुर जिल्ला, परखना मोतिपुर थाना, दरुराज ग्राम सिसुवा बस्ने राहुल चौधरी, भारत बिहारकै महाराजगन्ज जिल्ला गोरखपुर बस्ने सुदिप चौहान, सोही ठाउँ बस्ने रामलखन चौहान र ट्रक चालक परवानीपुर गाउँपालिका–४ चौनपुर घर भई हाल जीतपुरसिमरा वडा नम्बर–२ हुलास टोल बस्ने रवि पटेल रहेका प्रवक्ता न्यौपानेले बताए । घाइते सबैको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बारा प्रहरी बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की