लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधि बोलाएर प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ। लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । लघुवित्त र सहकारी क्षेत्रमा देखा परेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैँले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।
छलफलमा पीडित पक्षका प्रतिनिधिहरूले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको बताउँदै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए ।
प्रधानमन्त्रीले भने, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो। तर, पछिल्लो समय यो ठुलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय परिस्थितिजन्य अप्ठ्याराहरू र कतिपय सञ्चालकहरूको बेइमानी जिम्मेवार रहेको बताउँदै सोहीबमोजिम समस्या समाधानमा पुगिने बताउनुभयो ।’
लघुवित्त र सहकारी क्षेत्रको समस्या चक्रव्यूहका रूपमा विकसित जान सक्नेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानको पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र नेपाल राष्ट्र बैङ्कसँग कुरा गरेर समस्या समाधान गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने
-
भारतसँग गरेको सहमति स्वीकृत नहुँदा लोडसेडिङको खतरा !
-
केबलकार विवाद : फागुनमा पाथीभराबाट सङ्कलन हुने भेटी घट्यो
-
सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन
-
विदेशी लगानीमा उत्साह, एकै महिना पौने १८ अर्बको लगानी स्वीकृत
-
पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने